डोटी, भदौ ४ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ३ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रवहादुर मल्लका अनुसार संक्रमण पुष्टि भएका तीनै जना प्रहरी केही दिन अगाडि मात्रै सरुवा भएर आएका हुन् ।
यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमित प्रहरीको संख्या २० पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा ४, डोटीका ३ र अछामका २ गरी २० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


