डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना पुष्टि

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना पुष्टि
Spread the love

 

डडेल्धुरा, भदौ ४ (ई-रैवार)

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा त्यँहा ३ सय ७० जनाको स्वाब परिक्षण गर्दा ४७ जनाको पोजेटिभ र ३ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका इन्चार्ज इस्वरी प्रसाद भुसालले बताए ।

इन्चार्ज भुसालका अनुसार कोरोना संक्रमित हुनेहरुमा अछामको मेल्ल्क गाउँपालिकाका १५ जना,साँफेबगर नगरपालिकाका १५ जना रहेका छन । त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १ जना रहेका छन ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय ३३ पुगेको छ ।