बझाङ, साउन २ (ई-रैवार)
बझाङको थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन ।
कोरोना भाइरस महामारीमा खटिए बाफतको जोखिम भत्ता गाउँपालिकाले उपलब्ध नगराएको भन्दै इमरजेन्सी बाहेकका सबै स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका हुन ।
उनीहरुले प्रदेश सरकार मातहत काम गरिरहेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाइसक्दा आफुहरुले नपाएको र पटक पटक गाउँपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै साउन १ देखि ९ वटै वडाका स्वास्थ्य संस्थाहरुमा इमर्जेन्सी, खोप र प्रसुति सेवा बाहेकका अन्य सेवा अनिश्चितकालीन बन्द गर्ने निर्णय गरिएको जनाएका छन ।
९ वटै वडा कार्यालयका स्वास्थ्य प्रमुखहरुले जारी गरेको बिज्ञप्तिमा पोशाक भत्ता, पारिवारिक भ्रमण भत्ता नर्सिंङ सेवाका स्टाफहरुको रात्रीकालीन सेवा भत्ता समेत उपलब्ध नगराइएकोले आफुहरु बाध्य भएर सेवा बन्द गर्ने अवस्थामा पुगेको बताइएको छ ।


