बैतडी, भदौ ४ (ई-रैवार)
बैतडीमा हाइस दुर्घटना हुदा ११ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भिररहेको छ । पाटन नगरपालिका वडा नम्वर ६ स्थित लामाखेत भन्ने स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
महेन्द्रनगरबाट दार्चुला तर्फ गइरहेको बा ३ ख ९११७ नम्वरको हाइस बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरिक्षक किसन चन्दले बताएका छन ।
घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेर बहादुर सावद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया विस्ना जोशी रहेकी छिन् । उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको प्रवक्ता चन्दले बताए ।
समान्य घाइते रहेका ९ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। हाइस सडकबाट करीब २० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ


