राजपा र समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक दर्ता

राजपा र समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक दर्ता
Spread the love
काठमाण्डौँ जेठ १९(ई-रैवार)

मधेशबादी दुईवटा दलहरूले संविधान संशोधन विधेयक दर्ता गरेका छन्    राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेको हुन । सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् ।

यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गरेको थिएन । त्यतिबेला संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए । सोमबार भने उनले विधेयक दर्ता गरे ।

विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताए । ‘सरकारले पनि अर्को विधेयक दर्ता गरेको छ, सरकारले मान्दैन भने हामीले के गर्ने हो त्यो गर्छौं’ उनले भने ‘हाम्रो मानेन भने उनीहरुको मान्न बाध्य हुन्नौं ।’