कैलालीमा पुनः लकडाउन, भोलीराती १२ देखी भदौ १४ गतेसम्म लागु हुने

कैलालीमा पुनः लकडाउन, भोलीराती १२ देखी भदौ १४ गतेसम्म लागु हुने
Spread the love

 

धनगढी, भदौ ३ (ई-रैवार)

कैलालीमा भोलीदेखी पुनः लकडाउन हुने भउको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज एक सूचना जारी गर्दै जिल्लाभर पुनः लकडाउन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीलले भोली राती १२ बजेदेखी लागु हुनेगरी भदौ १४ गते सम्म अत्याआवश्यक सेवा बाहेक सबै गतिविधि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बिहिवार राति १२ बजेदेखि १४ गरेसम्मका लागि निषेधाज्ञा लगाईने निर्णय गरेको हो ।

यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन् । अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनु पर्नेछ ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी लगायत व्यापार व्यवसाय समेत सञ्चालनमा रोक लगाईएको छ । यस्तै डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटल तथा रेष्टुरेन्ट खोल्न नपाइने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय कैलालीलले जाएको छ ।

खाद्यान्न, तरकारी, दुध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।

जिल्ला भित्र प्रवेश निषेध गरिने निर्णय पनि भएको छ। अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीले भने फोटो सहितको परिचयपत्रका आधारमा सवारी संचालन गर्न दिइने भएको छ ।