आईपीएल : कोलकातामाथि मुम्बईको जित

आईपीएल : कोलकातामाथि मुम्बईको जित
Spread the love

काठमाडौं, वैशाख १ (ई-रैवार) 

इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा साविकको विजेता मुम्बईले आईपीएलको यो सिजनमा पहिलो जित निकाल्न सफल भएको हो ।

चेन्नईमा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले विजयी सुरुवात गरेको छ । कोलकताको यस सिजन यो पहिलो हार हो ।

मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । कोलकताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । यस्तै शुबनम गिलले ३३ रन जोडे ।

मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो ।

मुम्बईका लागि सुर्यकुमार यादवले ३६ बलमा ७ चौका र २ छक्का मद्दतमा ५६ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए । हार्दिक पाण्डेय र कुर्नाल पाण्डय समान १५ रन बनाए ।

कोलकताका लागि आन्द्रे रसेलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । प्याट कमिङ्सले २ विकेट लिए । जितपछि मुम्बईले २ खेलबाट २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित भएको थियो ।

पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले हराएको कोलकताको यो पहिलो हार हो ।