ढुंगा लागेर दार्चुलामा मजदुरको मृत्यु

ढुंगा लागेर दार्चुलामा मजदुरको मृत्यु
Spread the love

 

दार्चुला, भदौ ३ (ई-रैवार)

दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदुरको ढुंगा लागेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन १० मेगावाटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदुर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो ।

मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

ढुंगा लागेर घाइते भएका धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने क्रममा सेलविसामा मृत्यु भएको प्रहरीले जनाएको छ ।