सुदूरपश्चिम सरकारलाई राहत र उद्धारमा लाग्न काँग्रेस संसदीय दलको माग

सुदूरपश्चिम सरकारलाई राहत र उद्धारमा लाग्न काँग्रेस संसदीय दलको माग
Spread the love

 

धनगढी, भदौ ३ (ई-रैवार)

नेपाली काँग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारलाई बाढीपहिरो पिडितहरु लाई चाडो राहत र उद्धारमा जुट्न माग गरेको छ । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोले ठुलो जनधनको क्षति भएको प्रति सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेसको संसदीय दलले चाडो राहत र उद्धारको माग गरेको हो ।

संसदीय दलका नेता डा. रणबहादुर रावलले बुधबार प्रेस बिज्ञप्ती प्रकाशित गर्दै पहाडी जिल्लामा पहिरो र तराईमा बाढीको प्रकोपले जनता प्रभावित भएको प्रति नेपाली काँग्रेसको संसदीय दलले दुख प्रकट गर्दै सुदूरपश्चिम सरकारलाई खटिन आग्रह गरेको छ ।

सुदूरपश्चिम प्रदेशभर अहिले सम्म दैबिक प्रकोपको १ सय ७ घटना भएका छन् भने २८ जनाको मृत्यु भएको छ ।  ५५ जना भन्दा बढी घाईते भएको र २ सय ९९ परिवार भन्दा बढी प्रभाबित भएको प्रति सुदूरपश्चिम प्रदेश गम्भीर नभएको प्रति सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीयको गम्भीर ध्यानकर्षण भएको समेत जनाएको छ ।

अछामको रामारोशन गाउपालिका, बाजुराको खप्तड छेडेदह गाउपालिका, बुढीनन्दा नगरपालिका, बझाङ बुङगल नगरपालिकामा गए रातीको बर्षाले पहिरो जादा ठुलो जनधनको क्षति भएकोले त्यहाका नागरिकलाइ उद्धार र राहत क्षतिपुर्तिको व्यबस्था गर्न सुदूरपश्चिम प्रदेश सरकार संग सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।

सुदुरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलले मृतक परिवार प्रती समबेदना सहित घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । क्षति भएको यथार्थ बुझी पीडित परिवारजन लाई राज्यले उचित क्षतिपूर्ति को ब्याबस्थापन गर्न नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलले माग गरेको छ ।