गृहमन्त्री थापासहितको टोली बाजुरामा

गृहमन्त्री थापासहितको टोली बाजुरामा
Spread the love

 

बाजुरा,  भदौ २ (ई-रैवार)

गृहमन्त्री रामबहादुर थापा सहितको टोली बाजुरा पुगेको छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा आएको बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितको टोली बाजुरा पुगेको हो ।

टोलीले गौमुल गाउंपालिकाको सिमसिम, बडीमालिकाको घाघर, बुढीगंगाको सेरा र पुर्विउत्तरि क्षेत्र पिलुचौर लगायतका ठाउँमा स्थलगत अनुगमन गर्ने बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरैले बताएका छन् ।

यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रको अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा आउने भनिएको भएपनि प्रतिकुल मौषमका कारण गृहमन्त्री सहितको टोली बाजुरा आउने कार्यक्रम स्थगित भएको थियो ।

मंंगलबार गृहमन्त्री सहितको टोलीमा बाजुराबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा, सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, पुर्व उद्योमन्त्री कर्ण बहादुर थापा लगायतका नेताहरू बाजुरा आईपुगेको बाजुराका प्रजिअ गैरेले बताएका छन् ।