काठमाडौँ, वैशाख २७ (ई-रैवार)
सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गरेको हो ।
साँझ साढे ६ बजेबाट सुरु भएको मन्त्रिपरिषद् बैठकले प्रधामन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको संसदको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन ।


