पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

 

काठमाडौं, भदौ १ (ई-रैवार)

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ५ सय ८१ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमणहरु सहित हालसम्म नेपालमा संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १ सय  ५९ जना डिस्चार्ज भएका छन् । यी सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।