प्रेस युनियनमा आबद्ध पत्रकारको पूर्वमन्त्री बलायरद्वारा कोरोना बिमा

प्रेस युनियनमा आबद्ध पत्रकारको पूर्वमन्त्री बलायरद्वारा कोरोना बिमा
Spread the love

 

डोटी, साउन  ३२ (ई-रैवार)

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री वीर बहादुर बलायरले नेपाल प्रेस युनियन डोटीमा आबद्ध ९२ जना पत्रकारको कोरोना बिमा गरेका छन् । पूर्वमन्त्री बलायरले नेपाल प्रेस युनियन डोटी मार्फत गृहजिल्ला डोटीका क्रियाशिल पत्रकार तथा प्रेस युनियनमा आबद्ध सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरेका हुन् ।

केन्द्रिय सदस्य बलायरको आर्थिक सहयोगमा ९२ जना प्रेस युनियनका पदाधिकारी तथा साधारण सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरिएको प्रेस युनियन डोटीका सचिव पवन महराले बताए । बिमा गरिएका कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खण्डमा बिमा कम्पनिले ५० हजार उपलब्ध गराउने गरी बिमा गरिएको सचिव महराले जानकारी दिए ।

पूर्वमन्त्री बलायरले पत्रकारहरु महामारी तथा संकटको समयमा पनि जोखिमोलेर खटिने भएकाले युनियनमा आबद्ध ९२ जनाको एकमुष्ट बिमा गरेको बताए । उनेले राज्यले संकटमा, महामारीमा खटिने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री, बिमा, स्वास्थ्य उपचार तथा अन्य सेवा सुबिधा दिनुपर्ने बताएका छन् ।

महामारीको बेला खटिने पत्रकारलाई राज्यले व्यवास्था गरेको बेला केन्द्रिय सदस्य बलायरको ९२ जना प्रेस युनियनका पदाधिकारी तथा साधारण सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

प्रेस युनियन डोटीका अध्यक्ष बमले प्रेस युनियन डोटीमा आबद्ध सबैको लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी दिपायल शाखामा बिमा गरिएको बताए ।