नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो

नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो
Spread the love

 

धनगढी, असार ३१ (ई-रैवार)

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।  यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा २२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १९, डडेल्धुरा अस्पतालको प्रयोगशालामा दुई र सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा एक गरी आज २२ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा डडेल्धुराकै दुई जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा अछामका एक जनामा कोरोना पुष्टि भएको डाक्टर गौतमले बताए । यता धनगढीमा भएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १२ पुरुष र सात महिलासहित १९ जनामा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका एक महिला र १० पुरुष गरी ११ जना, कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ का चार महिला, अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ का दुई महिला र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का दुई पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा दुई सय ३६ जनाको कोरोना परीक्षण भएको छ। आज २२ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ हजार ९ सय ७८ पुगेको छ। संक्रमित मध्ये १ हजार ५ सय ८५ जना डिस्चार्ज भईसकेका छन भने ८ जनाको मृत्यु भईसकेको छ ।