डोटी, साउन ३२ (ई-रैवार)
पत्रकार महासंघ डोटी शाखाले पत्रकार ध्रुव बिसीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । अछामका मिर्गौला पीडित पत्रकार ध्रुव बिसीको उपचारका लागि नेपाल पत्रकार महासंघ डोटी शाखाले आर्थिक सहयोग गरेको हो ।
नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले उपचारका लागि बिसीको बैंक खातामा १० हजार रकम जम्मा गरेको जानकारि दिएका छन ।
पत्रकार ध्रुव बिसीले उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर काम गर्न छाडेपछि उपचारमा समस्या भएको भन्दै सहयोगको लागी बिभिन्न संघसंस्था तथा व्यक्तिहरुसंग सहयोगको अपील गरेका छन् ।
पत्रकार बिसी नयाँ पत्रिका, हिमालय टेलिभिजनका अछाम संवाददाता तथा मंगलसेन स्थीत रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक हुन् । उनि बिगत डेढ महिनादेखी वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गराईरहेका छन् ।


