काठमाडौं, साउन २७ (ई-रैवार)
नेपालमा मंगलबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् । डा. गौतमका अनुसार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।
धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको छ ।
यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी विदेह नगरपालिका–८ का रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।


