धनगढी, साउन २७ (ई-रैवार)
कैलालीको भजनीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ का ३६ वर्षीय अशोक पासीको माछा मार्ने क्रममा मृत्यु भएको हो ।
सोमबार माछा मार्ने भन्दै घरबाट निस्कीएका उनी आज बिहान डुबान भएको स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
पासीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको सह–प्रवक्ता प्रहरी निरीक्षक थापाले बताए ।


