नयाँ वर्ष तथा बिसु पर्वको अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना

नयाँ वर्ष तथा बिसु पर्वको अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना
Spread the love

धनगढी, वैशाख १ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘नयाँ वर्ष तथा बिसु पर्व’ मंगलमय बनोस् भन्दै प्रदेशबासीलाई शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७८काे सुरुआति विहानीमा आज शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्रि भट्टले सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाई दिदीवहिनीमा सुश्वास्थ्य दीर्घायु तथा उत्तराेतर प्रगितकालागि शुभकामना ब्यक्त गरेका हुन् ।

काेराेना महामरीवाट प्रदेश अझै मुक्त हुन नसकेकाे अवस्थामा भाैतिक दूरी अपनाउँदै सरकारले अवलम्वन गरेका स्वास्थ्य मापदण्डहरु पालना गरी सतर्कतासाथ सुदूरपश्चिमेलीकाे परम्परागत ‘विशु पर्व’ उल्लासकासाथ मनाउन आग्रह गरेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्- ‘नयाँ वर्षमा नयाँ पन र नयाँ उमंगकासाथ समाज तथा प्रदेकाे विकास तथा समृद्धिकालागि अगाडी बढ्न, एकजुट हुन सबैलाई प्रेरणा मिलाेस् भन्ने शुभेक्षा व्यक्त गर्दछु ।’