धनगढी, साउन २७ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना परीक्षण गर्ने पिसीआर मेसिनको उद्घाटन गरेका छन् । प्रदेश सरकारले धनगढी स्थित जनस्वास्थ्य कार्यालयमा स्थापित प्रयोगशालाको आज विहान मुख्यमन्त्री भट्टले उद्घाटन गरेका हुन् ।
सेती प्रादेशिक अस्पतालको मातहतमा रहने उक्त प्रयोगशालाको उद्घाटन पछि मुख्यमन्त्री भट्टले अव चाँडै नै डोटी र बैतडी जिल्ला अस्पतालका प्रयोगशाला पनि सञ्चालनमा आउने बताएका छन ।
प्रदेशमा पाँचवटा पिसीआर मेसीन स्थापना भएपछि कोरोना नियन्त्रमा सहज हुने मुख्यमन्त्री भट्टले बिस्वास व्यक्त गरे । दैनिक अढाई – तीन हजार स्वाब परीक्षण गर्न सकिने र स्वाब सङ्कलन गरेकै दिन परीक्षणको रिपोर्ट आउने छ ।
प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बत्ति र जनशक्तिको अभाव नभए धनगढीका दुईटै प्रयोशालावाट अव २४ घण्टामा १६ सयवढी स्वाब परीक्षण गर्न सकिने जानकारी दिए । कोरोना संक्रमण परीक्षण गर्ने सुदूरपश्चिममा यो तेस्रो प्रयोगशाला हो । यसअघि धनगढीको भेटनरी अस्पतालमा र डडेल्धुरा अस्पतालमा जडित प्रयोशालावाट परीक्षण भैइरहेको छ ।


