आदर्शमा घर भत्केर मृत्यु भएका परिवारलाई कांग्रेस डोटीको राहत

आदर्शमा घर भत्केर मृत्यु भएका परिवारलाई कांग्रेस डोटीको राहत
Spread the love

डोटी साउन २७(ई-रैवार)
आदर्श गाउँपालिका–१ बाँझककानीमा घर भत्किएर चारजना मृत्यु भएका परिवारलाई नेपाली कांग्रेस डोटीले राहत उपलब्ध गराउने भएको छ ।
नेपाली कांग्रेस डोटीले स्थापना गरेको आकस्मिक राहत कोषबाट उपचार खर्चबाफत १० हजार र किरियाखर्चबाफत १० हजार गरी २०हजार रकम उपलब्ध गराउने कांग्रेस डोटीले घोषणा गरको छ ।
कांग्रेस डोटीले घटनापछि मंगलबार बिहान शोक वक्तव्य जारी गर्दै घटनाप्रति दुख व्यक्त गरेको छ । जिल्ला सभापति प्रदीपकुमार देउवा र उपसभापति एबं आकस्मिक राहत कोषका संयोजक लक्ष्मणबहादुर सिँहले हस्ताक्षरित वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र घाईतेका सीघ्रस्वास्थ्य लाभको कामना गरिएको छ ।
वक्तव्यमा ‘ओत लाग्ने घर नै भत्केर चारजनाको ज्यान लिनसक्नेसम्मको घटनाले हाम्रो समुदायको विपन्नताको रुप उदांगो पारेको’ उल्लेख गर्दै ‘विपन्न दलित परिवारमा परेको यो बज्रपातमा सक्दो सहयोग गर्न तीन तहकै सरकार र सम्बन्धित सबैमा ध्यानाकर्षण’ गराएको छ ।
घोषणा भएको राहत रकम तत्कालै पिडित परिवारलाई उपलब्ध गराउने व्यवस्था मिलाईएको सभापति देउवाले जानकारी दिए ।
आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको थियो । सुतिरहेका अवस्थामा भित्र सुतिरहेका २६ वर्षिया विष्ना लुहार, उनका १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते छन् । उनीहरुरुको दिपायलमा उपचार भईरहेको छ ।