आजदेखि विराटनगरमा दुई साता लकडाउन

आजदेखि विराटनगरमा दुई साता लकडाउन
Spread the love

 

विराटनगर, साउन १७ (ई-रैवार)

विराटनगर महानगरपालिकामा आज शनिबारदेखि दुई साताका लागि लकडाउन सुरु भएको छ । समुदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाले शनिबारदेखि दुई सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले नगरक्षेत्रमा थप संक्रमण फैलिन नदिन साउन १६ राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म लकडाउनको निर्णय गरेको हो ।

मेयर भीम पराजुलीले समुदायमै कोरोना भाइरसको संक्रमित देखिएपछि लकडाउन सुरु गरिएको बताए ।  लकडाउनको कारण शनिबार बिहानैदेखि विराटनगर सुनसान देखिएको छ ।

चार दिनअघिदेखि वीरगञ्ज महानगरपालिकाले पनि नगर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो। पछिल्लो समय भारतसँग सीमा जोडिएका तराईका ठूला शहरमा कोरोना संक्रमण तीब्र बन्दै गएको छ ।

संक्रमणसँगै मृत्युदर पनि बढेको छ। साउन लागेयता पर्सामा मात्रै कारोना संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ ।