कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Spread the love

सुर्खेत, साउन १ (ई-रैवार)

कर्णाली प्रदेशमा आजसार्वजनिक बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर बिहीवार सार्वजनिक बिदा दिइएको हो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १० वटै जिल्लामा साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

गत जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले साउन १ गते सहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारले असार १५ गते धान दिवसका दिन र चैत १२ (जुम्लामा मात्र), साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा साउन एक, प्रदेश स्थापना तथा सहिद दिवस भदौ चार, चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला (जुम्लामा मात्र), माघे संक्रान्ति माघ एक, चैते दशैं चैत शुक्ल अष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको थियोे ।