सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुग्यो :मन्त्री सुवेदी

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुग्यो :मन्त्री सुवेदी
Spread the love

धनगढी जेठ १५(ई-रैवार)

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको जानकारी दिएका छन् । उनले थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिदै संख्या बढेको जनाएका हुन । प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले बुधवार थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

नयाँ सक्रमित मध्ये दुई जनाको टीकापुर र एक जना दार्चुला अस्पतालमा उपचार भईरहेको मन्त्री सुवेदीले जानकारी दिए।