बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री
Spread the love

लन्डन- बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो। 

जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्।  पूर्व विदेशमन्त्री रहेका जोन्सनलाई वर्तमान विदेशमन्त्री जेरेमी हन्टले चुनौती दिएका थिए।

मंगलबार घोषणा गरिएको संसदीय दलको निर्वाचनको नजिता अनुसार जोन्सन्ले खसेको ८७.४ प्रतिशत मत मध्ये ९२ हजार १५३ मत प्राप्त गरे। यस्तै हन्टले ४६ हजार ६५६  मत प्राप्त गरे।

जोन्सन सन्ले २००८ देखि २०१६ सम्म लन्डनको मेयरको जिम्मेवारीसमेत समालेका थिए। जोन्सनले बेलायती परम्परा अनुसार बुधबार बेलायती महारानी समक्ष संसदमा आफ्नो बहुमत रहेको दावी प्रस्तुत गरेलगत्तै औपाचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुने छन्।

दलको नेता चयन भएलगत्तै जोनसनले कञ्जरभेटिभ पार्टीको सभालाई सम्बोधन गर्दै ब्रेक्जिट मुद्दा जतिसक्दो छिटो टुंगो लगाउने प्रतिबद्धता जनाए। युरोपेली संघ (ईयू) ले बेलायतलाई ब्रेक्जिट मुद्दा टुंग्गो लगाउन अक्टोबर ३१ भित्रको समयसीमा दिएको छ। नयाँ प्रधानमन्त्रीको नियुक्तीसंगै ब्रेक्जिटको टुंगो लाग्ने अपेक्षा गरिएको छ।