काठमाडौं असोज । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सांघातिक हमलाबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि सार्वजनिक भएका छन्। सभापति देउवा मंगलबार केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यालय सानेपामा पुगेर सार्वजनिक भएका हुन्। देउवासँगै पत्नी एवं केन्द्रीय सदस्य डा। आरजु राणा देउवा पनि बैठकमा पुगेकी छन्।
भदौ २४ गते बुढानीलकण्ठस्थित निजी निवासमै रहेका बेला प्रदर्शनकारीहरूले घर कब्जा गरेर देउवा र पत्नी डा। आरजु राणा देउवामाथि सांघातिक हमला गरेका थिए। सार्वजनिक भएका भिडिओ तथा तस्बिरहरूमा दुवैजना रगताम्ये देखिएका छन्।
उपचारका क्रममा सभापति देउवाको गर्धनमा धारिलो हतियार प्रहारबाट भएको गहिरो घाउ देखिएको थियो। जसमा १२ वटा टाँका लागेको बताइएको छ।
लामो उपचार र आरापपछि देउवा मंगलबार सार्वजनिक भएका छन्। यद्यपि उनको स्वास्थ्य पूर्ववत् अवस्थामा फर्किनसकेको परिवारस्रोतले जनाएको छ।
आजबाट सुरु हुन लागेको बैठक उद्घाटन गरेर आफ्ना कुरा राखेर देउवा फेरि आराम गर्न फर्किने पार्टीका नेताहरूले बताएका छन्।