निसर्ग अस्पतालका २ नर्स सहित ४ जनामा कोरोना संक्रमण

निसर्ग अस्पतालका २ नर्स सहित ४ जनामा कोरोना संक्रमण
Spread the love

 

धनगढी, भदौ १४ (ई-रैवार)

निसर्ग अस्पतालका २ जना नर्स सहित ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा धनगढीको निसर्ग अस्पतालका २ जना स्टाफ नर्स र २ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

पुष्टि भएकामा धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २३ वर्षीय र वडा नम्बर ८ की २५ वर्षीया गरी २ स्टाफ नर्स रहेका छन् । यसैगरी वडा नम्बर २ की ३० र वडा नम्बर ७ की ३२ वर्षीया २ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको छ । केही दिन अघि मात्र निसर्ग अस्पतालको आईसीयुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

निसर्ग अस्पतालका संचालक कुबेर शाहीले आइतबार कोरोना संक्रमण देखिएका सबै कर्मचारी क्वारेन्टिाइनमा रहेको र संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको बताएका थिए । “अस्पतालका बिरामीमा कोरोना देखिएपछि सबै कर्मचारी (१ शय ३५ जना) को स्वाब परिक्षणका लागि पठायौं ।” शाहीले भने “रिपोर्ट आउन बाकी रहेका कर्मचारीमा आज कोरोेना देखिएको हो । उनीहरु सबै आइसोलेसनमा छन् ।”

परिक्षणमा कोरोना संक्रमण नदेखिएका थोरै कर्मचारीबाट मात्र अस्पताल संचालन भैरहेको संचालक निसर्ग अस्पतालका संचालक शाहीले बताए ।