आज देखि सुरु भयो सुपथमूल्य पसल

आज देखि सुरु भयो सुपथमूल्य पसल
Spread the love

काठमाडौं ।भदौ, आज सोमबारदेखि देशभर सरकारी सहुलियत पसल सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरेको हो नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएका पसलहरुमा सर्वसाधारणहरुले किनमेल गरिरहेका छन् ।सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म आकर्षक छुटको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलहरूमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ ।त्यसैगरी खाने तेल ९तोरी, सनफ्लावर, भटमास, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।कम्पनीले जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।