डडेल्धुरा, भदौ १७ (ई-रैवार)
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा १ सय जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन । इन्चार्ज श्रेष्ठका अनुसार अछामको रामारोशन गाउपालिकाका १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीले रामारोशन गाउपालिका, खप्तड ब्यारेक, नेपाल टेलिकम डोटी, डोटी प्रहरी र बोगटान फुडसलि गाउपालिका डोटी लगायतको नमुना परिक्षण गरिएको जनाएको छ ।



