फ्लाइ दुबई,आकाशमै होल्ड

फ्लाइ दुबई,आकाशमै होल्ड
Spread the love

काठमाडौँ,  काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ ।नागकिर उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताए । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको थियो ।
उनीहरुले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि ९स्२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०स्१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार, आगो नियन्त्रण गर्न विमानस्थलमा ५ टा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । उक्त विमानमा कति यात्रु थिए खुलिसकेको छैन ।