काठमाडौं : संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसर संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको बताए । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए ।
मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीले जानकारी दिएको छ । प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।


