प्रधानमन्त्री देउवाले गरे सभामुखलाई फोन, कार्यव्यवस्था बैठक राख्न आग्रह

Spread the love

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता समेत रहेका देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोनगरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका हुन ।

मंगलबार संसदीय दलको बैठक चलिरहँदा प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्न आग्रह गरेको स्रोतले जानकारी दियो । प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने नबस्ने तय भएको छैन ।

प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना छ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुका अनुसार भोलिकै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गरौं भन्ने प्रस्ताव कांग्रेसले गरेको छ ।