धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ शान्तिनगरका ७७ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जानकारी दिएका हुन।
ती पुरुषको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा माघ ६ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।


