उच्च पहाडी र हिमाली भेगमा बदली, तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ?

उच्च पहाडी र हिमाली भेगमा बदली, तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ?
A pedestrian walks with an umbrella as lightning strikes during an evening thunderstorm in Jammu on May 14, 2015. AFP PHOTO / RAKESH BAKSHI (Photo credit should read rakesh bakshi/AFP/Getty Images)
Spread the love

काठमाडौँ, वैशाख  १३  (ई-रैवार) 

उच्च पहाडी र हिमाली भेगमा बदलीको अवस्था रहेको छ । मुलुकमा स्थानीय वायुको प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आज आँशिक बदली रहे पनि अन्यत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । मंगलबार र बुधबार भने वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

बैशाख १३ गते (सोमबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति :  प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

बैशाख १४ गते (मंगलबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बैशाख १५ गते (बुधबार)

दिउँसो:  प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १, वाग्मती प्रदेश गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।