धनगढी, असार ३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा बिहिबार थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११३ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ५ जना, धनगढीबाहेक कैलालीका ३ जना र अन्य जिल्लाका ५ जनामा संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये १ जना भेन्टिलेटर ११ जना आइसियूमा, ५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ९ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।


