डोटी : कोरोना संक्रमण बढेसंगै डोटीमा कडाइ गरिएको छ। मंगलबार बसेको जिल्ला कोभि- १९ व्यवस्थापन समितिको बैठकले आज (बुधबार) बाट कडाइ गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय डोटीले आदेश जारी गर्दै आजदेखि राजनीतिक भेला र मेला महोत्सव गर्नमा रोक लगाइएको छ। आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायत सार्वजनिक ठाउँमा जाँदा आउँदा माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख गरेको छ।
यस्तै सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । विवाह, व्रतबन्धमा पनि २५ जनामात्रै भेला हुन पाउने र सुरक्षाका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ।



