बैतडीमा शव फेला, अपहरणमा परेको भनिएका व्यक्तिनै हत्यामा संलग्न हुन सक्ने प्रहरीको अनुमान

Spread the love

बैतडी : बैतडीको जंगलमा एकजनाको शव भेटिएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ धुलिधारस्थित जंगलमा एकजनाको शव भेटिएको हो ।

जंगलमा भेटिएको शव स्थानीय डम्बर अवस्थीको हुन सक्ने प्रहरीको अनुमान छ । अवस्थी केही दिन अगाडी हराएका थिए ।

उनको हत्या आरोपमा प्रहरीले स्थानीय हरिश अवस्थीलाई नियन्त्रणमा लिएको छ । हरिष अवस्थीले एक साता अगाडी ६ जनाको समुहले आफुलाई अपहरण गरि बाकेको राप्ती नदि किनारमा पुर्याएको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।

त्यसपछि बाँके प्रहरीले उद्धारी गरि परिवारको जिम्मा लगाएको थियो । प्रहरीको प्रराम्भिक सोधपुछका क्रममा हरिष अवस्थीले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

‘सोधपुछका क्रममा उनले डम्बर अवस्थीको हत्या गरी जंगलमा सब लुकाएको बताएको हो,’ उनले भने, ‘उनले दिएको जानकारी अनुसार आज सव फेला पारेका छौं, शव सडेको हुनाले पहिचान गर्न सकेनौं ।’