काठमाडौं : नेपालमा आज थप २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
देशभर ९ हजार ५ सय २२ जना कोरोनाका संक्रिय संक्रमित छन्। योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ९ हजार ५२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७५ जना कोरोना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९८०, ललितपुरमा २२१, कास्कीमा ८७, भक्तपुरमा ८५, मोरङमा ६२ र रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै चितवनमा ४७, काभ्रेपलाञ्चोकमा ४०, कञ्चनपुरमा ३८, कैलालीमा ३०, झापामा २६, मकवानपुरमा २४, पर्सामा २२, सुनसरीमा २१, धनुषामा १९, दाङमा १७, गोरखा बागलुङ र बाँकेमा १४/१४ जना, धादिङमा ११ तथा सर्लाही र नवलपरासी पश्चिममा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


