सुदूरपश्चिम प्रदेशमा १९४ जनामा कोरोना संक्रमण पुष्टि, भारतबाट स्वदेश फर्केका मात्रै १४८ जना

Spread the love

धनगढी : सुदूरपश्चिम प्रदेशमा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसारका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७१३ जना मध्ये ३९ जनाको पीसीआरमार्फत र १५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएका १९४ जनामध्ये भारतबाट स्वदेश फर्केका १४८ जना रहेका छन् । त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७१ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज एक हजार ४३७ नेपाली स्वदेश फर्केका छन्। आज सुदूरपश्चिमका चार वटा नाका भएर एक हजार ६३२ जना स्वदेश फर्केका छन्।

भारतबाट फर्किएर नाकामा परीक्षण गर्ने क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ। यसले फेरि समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिने खतरा बढेको छ।