नेपालमा थप २१९ जनामा कोरोना पुष्टि : दुई जनाको मृत्यु, २४ घण्टामा ७६ हजारले लगाए खोप

Spread the love

काठमाडौं : नेपालमा आज थप थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ । 

यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ८ लाख १० हजार ७८० जना निको भएका छन् । यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ ।

मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोप अभियान सुरु भएसँगै हालसम्म कुल २ करोड ३१ लाख ७१ हजार मात्रा खोप लगाइएको छ ।