सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक
Spread the love

डोटी, वैशाख २३ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।  केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।

खासै बिरामी नभए पनि उमेरले शारीरिक कमजोरी भई उनको निधन भएको जनाएको छ । केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनकाे आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेको र आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उनकाे परिवारले जनाएको छ  ।  धनगढीमा रहेका मुख्यमन्त्री भट्ट केहि दिन यता भाइरल ज्वरोका कारण बिरामी परेका छन् ।