४२७६ मतमा देउवा २०४६, शेखर १६१५ मत

Spread the love

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । ४२७६ मत गणना हुँदा देउवाले २०४६ प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले १६१५ मत पाएका छन् ।
प्रकाशमान सिंहले ३३५मत ल्याउँदा विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले १९मत ल्याएका छन् ।

सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ ।