४३७६ मतमा देउवा २०९५, शेखर १६४५ मत

Spread the love

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । ४२७६ मत गणना हुँदा देउवाले २०९५ प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले १६४५ मत पाएका छन् ।
प्रकाशमान सिंहले ३५०मत ल्याउँदा विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले १९मत ल्याएका छन् ।

सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ ।