२१०६ गणनामा देउवा ९९१, शेखर ७६२ मत

Spread the love

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको २१०६ मत गणना हुँदा शेेर बहादुर देउवाले ९९१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका शेखर कोइरालाले ७६२ मत पाएका छन् ।
प्रकाशमान सिंहले १७४ मत ल्याउँदा विमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत ल्याएका छन् ।

सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ । 
सभापतिका लागि खसेको मतको ५० (२३४०) प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसके पुनः दोस्रो चरणमा मतदान हुनेछ ।