रामचन्द्र पौडेललाई सर्वसम्मत गराउन सकिन्छ भने म बाधक बन्दिनँ- विमलेन्द्र निधी

Spread the love

काठमाडौं :

कांग्रेस नेता विमलेन्द्र निधीले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्ने बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता निधीले संस्थापन इतरसमूहबाट प्रकाशमान सिहं र शेखर कोइराला त्याग गर्न तयार भए आफूले पनि पौडेललाई सर्मथन गर्ने बताएका हुन् ।

कांग्रेसको सभापतिका आकांक्षी निधिले सर्वसम्मतमा नेतृत्व चयन हुने अवस्था आए आफू बाधक नबन्ने बताएका हुन् । “रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ । शेरबहादुर देउवाले रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ,” उनको भनाइ थियो । उनले चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।