कांग्रेसका चर्चित नेता अमरेशकुमार सिँह महाधिवेशन प्रतिनिधीमै पराजित

Spread the love

सर्लाहीः नेपाली काङ्ग्रेसको दशौं महाधिवेशनको प्रतिनिधिमा कांग्रेस नेता डा.अमरेश कुमार सिंह पराजित भएका छन्।
सर्लाही क्षेत्र नम्बर ४ को मंगलबार सम्पन्न निर्वाचनमा सिंहको पूरा प्यानल नै पराजित भएको हो। सिंह संघीय सांसदमा निर्वाचित क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
बिगत तीन चुनावमा लगातार निर्वाचित हुँदै आएका सिंह पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएको पनि यो पहिलो पटक हो। नेता सिँह नेपाली कांग्रेसभित्र भारतको अत्यन्त निकट नेता मानिन्छन् ।
संस्थापन पक्षको खरो विरोध गर्दै आएका सिंह महाधिवेशन प्रतिनिधिमै पराजित हुँदा समर्थकहरु निराश भएका छन्।