काठमाण्डौँ, मङ्सिर १६ (ई-रैवार)
देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपात हुने भएको हो ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको विभागले जनाएको छ ।
साथै देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकोले पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने बताइएको छ ।
हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।


