डोटी, कार्तिक २६ (ई-रैवार)
डोटी अस्पतालको प्रयोगशालामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डोटी अस्पतालका निमित्त प्रमुख उद्ब बहादुर ठगुन्नाले दिएको जानकारी अनुसार डोटीको केआई सिह गाउपालिका वाड नम्बर १ का १ जना, वाड नम्बर ३ का १ जना, वाड नम्बर ४ का २ जना र वाड नम्बर ६ का १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
निमित्त प्रमुख ठगुन्नाका अनुसार ठडोटमिा सक्रिय संक्रमितको संख्या ६८ जना रहेका छन । भने अहिले सम्म कोरोना संक्रमितको संख्याको १ हजार ३ सय १३ जना पुगेको छ ।



