धनगढी मंसिर १३(ई-रैवार)
नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्तर्गत हालसम्म ५२ जिल्लाको नतिजा आएको छ । जसअन्तर्गत जिल्ला सभापतिमा संस्थापन(देउवा) र पौडेल पक्षको संख्या बराबरी देखिएको छ । १३ औँ महाधिवेशनमा जिल्ला सभापतिहरुमा पछाडी परेको संस्थापन पक्षले यसपटक सुदृढ सुरुवात गरेको छ ।
हालसम्म संस्थापिन र पौडेल पक्षले २५-२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन्। सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आआफ्ना पक्षधरले जितेको दाबीसमेत गर्ने गरेका छन्।
हेर्नुस् कुन जिल्लामा कुन पक्षले जिते जिल्ला सभापतिः
देउवा पक्षले जितेका जिल्ला र सभापतिः
-लमजुङ, सभापति टकराज गुरूङ
-सल्यान, सभापति केशवबहादुर विष्ट
-डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
-डडेल्धुरा, सभापति भीमबहादुर साउद
-म्याग्दी, सभापति खमबहादुर गर्बुजा
-ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
-मुगु, सभापति ऐनबहादुर शाही
-पाँचथर, सभापति रूपनारायण जवेगु
-मनाङ, सभापति शंकर गुरूङ देउवा
-हुम्ला, सभापति मोहनविक्रम सिंह
-बझाङ, सभापति खड्क बोहरा
-रामेछाप, सभापति पूर्णबहादुर ९कान्छाराम० तामाङ
-जुम्ला, सभापति कर्णबहादुर शाही
-डोटी, सभापति नरेन्द्रबहादुर सिंह
-रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
-ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
-पर्वत, सभापति युवराज जोशी
-इलाम, सभापति डम्बरबहादुर खड्का
-सुर्खेत, सभापति खड्ग पोखरेल
-रूपन्देही, सभापति रामकृष्ण खाण
-कास्की, सभापति किशोरदत्त बराल
-काभ्रे, सभापति तीर्थ लामा
-तनहुँ, सभापति जितप्रकाश आले
-ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
-कञ्चनपुर, सभापति पदम बोगटी
वरिष्ठ नेता पौडेल पक्षले जितेका जिल्ला र सभापति
-प्युठान, सभापति विष्णुकुमार गिरी
-अर्घाखाँची, सभापति केशव श्रेष्ठ
-रोल्पा, किशोर आचार्य
-बैतडी, सभापति चतुरबहादुर चन्द
-दोलखा, सभापति बर्मा लामा
-गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
-कालिकोट, सभापति अम्बबहादुर शाही
-संखुवासभा, सभापति दीपक खड्का
-रूकुमपूर्व, सभापति केशरमान रोका
-मुस्ताङ, सभापति रोमीगौचन थकाली
-भोजपुर, सभापति विनोद वान्तवा
-बाजुरा, सभापति रामसिंह रावल
-तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
-नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
-पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
-स्याङ्जा, सभापति राजु थापा
-खोटाङ, सभापति विष्णुकुमार राई
-दार्चुला, सभापति ललितसिंह बोहरा
-नुवाकोट, सभापति रमेश महत
-दाङ, सभापति शंकरप्रसाद डाँगी
-दैलेख, सभापति मणिराम रेग्मी
-गुल्मी, सभापति खिलध्वज पन्थी
-काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
-धादिङ, सभापति रामनाथ अधिकारी
-सुनसरी, सभापति केदार भण्डारी
पूर्वमहामन्त्री सिटौला पक्षले जितेका जिल्ला र सभापति
-झापा, सभापति देउमान थेवे
पक्ष नखुलेको
-जाजरकोट, सभापति बेदराज सिंह


