महाकाली अस्पतालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

महाकाली अस्पतालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु
Spread the love

कञ्चनपुर, वैशाख २८ (ई-रैवार) 

महाकाली अस्पतालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

महाकाली अस्पताल कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको बताएका हुन ।

कोभिड–१९ सम्पर्क व्यक्ति डा. रोकायाका अनुसार अस्पतालमा अहिले संक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ।“ अक्सिजनका भरमा संक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन।” उनले भने,“अक्सिजन बाहेक अन्य विकल्पमा पनि संक्रमितले सोच्नुपर्ने बेला आएको छ।”

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उनले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए। कञ्चनपुरमा दैनिक रुपमा संक्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हुदै गइरहेको छ।