कैलालीका सबै स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न

Spread the love

धनगढी, मंसिर २ (ई-रैवार)

कैलालीका १३ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दै काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीका अधिवेशनबाट सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस कैलालीले जनाएको हो ।

प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारका अन्सार सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीमा यज्ञराज उपाध्याय सभापतिमा सर्वसम्मत भए पनि अन्य पदाधिकारी चयन हुन सकेको छैनन् ।

गौरीगंगा नगरपलिकामा पहलबिक्रम चन्द, लम्कीचुहा नगरपलिकामा इन्द्र कुंवर, टीकापुर नगरपालिकामा नरेश खत्री, भजनी नगरपालिकामा नवराज मिश्र सभापतिमा चयन भएका छन्। यस्तै जिल्लाको चुरे गाउँपालिकामा हेम शाह, जानकी गाउँपालिकामा गणेश रेग्मी, बर्दगोरियामा कृष्ण बिष्ट, कैलारीमा कृष्ण चौधरी, मोहन्यालमा कमल साउद, जोशिपुरमा बसिराम चौधरी सभापतिमा चयन भएका छन्।

यस्तै गोदावरी नगरपालिका बिरबहादुर चोखालको प्यानल र घोडाघोडी नगरपालिकामा बमबहादुर सिंहको प्यानल विजयी भएका छन्। जिल्लाका १३ वटा पालिकामध्ये ४ वटा पालिकामा सर्वसम्मत रुपमा र अन्यमा चुनावबाट नेतृत्व चयन गरिएको प्रचारप्रसार समिती सयोजक नृप सुनारले जानकारी दिए।